हाम्रो बारेमा

यता शिक्षा र स्वास्थ्य सेवा कर भने खारेज भएको छ । त्यसैगरी निजी क्षेत्रले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्दै आएको भ्याटको व्यवस्था पनि खारेज भएको हो । बजेटमार्फत नै सार्वजनिक विदालयले आयात गर्ने ३० सिटे वा त्योभन्दा ठूला बसमा ७५ प्रतिशतसम्म भन्सार छुट हुने भएको छ । त्यस्ता बसमा लाग्ने अन्तःशुल्क भने पुरै खारेज गरिएको छ ।

बजेटमा विदेशबाट आउने १०० ग्रामसम्म काँचो सुन महसुल तिरी नेपाल ल्याउन सक्ने व्यवस्था पनि गरेको छ ।

यता प्रत्यक्षतर्फ आयका आधारमा सरकारले १५ र २५ प्रतिशतको सट्टा १०, २० र ३० प्रतिशत आयकर लगाउने भएको छ । अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्दै वार्षिक २० लाखभन्दा बढी आय हुनेलाई ३० प्रतिशत बाहेक अतिरिक्त २० प्रतिशत कर लगाउने भएका छन् ।
त्यसैगरी घर जग्गा कारोबारमा १० लाख सम्म पुँजीगत लाभकर तिर्नु नपर्ने व्यवस्था भएको छ । यो सीमा पहिले ३० लाख रहेको थियो ।

यता पुँजी निर्माणका लागि सञ्चित मुनाफा आफ्नै उद्योगमा पुनर्लगानी गरेमा लाभांश कर छुट हुने व्यवस्था विस्तार भइ सब उत्पादनमूलक र पर्यटन उद्योगलाई समेत यस्तो सुविधा दिइएको छ । सरकारले बजेटमार्फत् १०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने उद्योगलाई आयकरमा सहुलियत दिने प्रस्ताव पनि गरेको छ ।

Tools