१ असार २०७५, शुक्रबार १९:०७  

काठमाडौं १ असार लाइभ एन.पी : घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । अनियन्त्रीत गाडी चलाएको भन्दै पूर्व युवराज पारस शाहलाई ट्राफिक प्रहरीले पछ्याउदै वरिपरीबाट गाडीले छेकेर नाटकीय शैलीमा पक्राउ गरेर हर्जाना तिरायो । घटना सेलाएको धेरै दिन भएको छैन आज भर्खर पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसीले कार्यक्रम उद्घाटन गर्ने क्रममा डोजर दुर्घटना गराएर ३ जना पत्रकार सहीत एक जना सर्वसाधारणलाई खोलामा खसालिदिए ।

पारस शाहले चलाएको गाडीले कसैलाई क्षति पुर्याएको थिएन तर गाडी अनियन्त्रीत भयो भनेर पक्राउ गरियो , उनलाई रोकियो  । यो कुरालाई  राम्रो नै मान्नु पर्छ किनकि कसैलाई पनि ट्राफिक नियम मिचेर गाडी चलाउने अधिकार छैन तर के आज दुर्घटना गराउने मेयर साबको डोजर चलाउने लाइसेन्स छ ? पोखराको मेयरलाई डोजर चलाउने अधिकार कस्ले दियो ? के अब मेयरलाई ट्राफिक नियम अन्तरगत कारवाही हुनु पर्छ कि पर्दैन ? पूर्व युवराज पारस शाहलाई कारवाही गरेर आफू दक्ष देखिएको ट्राफिक प्रहरीले आफूले गरेको वाचा अब पूरा गर्छ कि बिर्सन्छ ?

धन्न डोजरबाट त्यहाँ मान्छे घाईते मात्र भए । त्यहाँ कसैको ज्यान गएको भए के हुन्थ्यो ? त्यहाँ त्यस्तो के आइपर्यो जसको कारण डोजर चलाउन नजान्ने मेयरले डोजर चलाएर उद्घाटन गर्नुपर्ने अवस्था आयो ? के जनताले दिएको मतको अर्थ यहि हो ? आफूलाई जे मन लाग्यो त्यहि गर्न पाउने ? विना लाइसेन्स आफूले गुड्ने डोजर उडाउन पनि पाउने अनि जनताले भने सानो सानो कुरामा पनि कारवाही भोग्नु पर्ने ?

यहि अवस्थामा अहिलेका मेयर र सरकारी अधिकारि तथा पूर्व युवराज पारस शाह र पुरानो राजसंस्था , राणाकालीन व्यवस्थाबिच तुलना गर्दा अहिलेको व्यवस्थामा झनै कानुनको खिल्ली उडेको भनेर जनताले भन्न पाउने कि नपाउने ?

लाइभ एन.पी सम्पादकीय | यसमा तपाइँको विचार के छ ? आफ्नो बिचार राख्नुहोला 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसकारण पृथ्वी जयन्ति (एकता दिवश) खारेज गरिदिए हुन्छ

२५ पुस क्यानडानेपाल डट टिभी :  पुष २७ अर्थात नेपाल एकीकरण गर्ने...

आज महिला हिंसा अन्त्यकालागि दिवस : शिक्षा र जनचेतना फैलाउन आवश्यक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा...

रानीमहललाई थप सिङ्गारिने

  खस्यौली । नेपालको ताज महलको रुपमा परिचित पाल्पाको रानीमहललाई...

प्रधानमन्त्री ओलीले भने “हरेक दिन विकासको गति एक कदम भए पनि लिनुपर्छ”

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको...

हरि बोधिनी एकादशी अर्थात् आज तुलसीको विवाह

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको...

बद्री खनालको कमाउने धन्दा, भूकम्प पीडितको नाममा ठगि

–आर . सी . खड्का काठमाडौँ । मान्छेले पैसा कमाउनको...

विशेष

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

गोविन्द केसीलाई नन्द्रप्रसाद बनाउने यस्तो भयानक षडयन्त्रको यसरि भयो पर्दाफास !

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

सर्वाधिक पढिएको

ताजा अपडेट


Tools