२ असार २०७५, शनिबार ०९:२८  

काठमाडौं, २ असार लाइभ एन.पी  । संसदमा गगन थापाको चर्को स्वर सुन्न पाइन्छ । यो गगन थापाको राम्रो पक्ष हो । तर , यतिबेला गगन थापाको राम्रो हैन नराम्रो पक्षको कुरा उठेको छ ।  संसदमा जे सुकै भने पनि र जति सुकै कराए पनि व्यवहारमा भने गगन थापाको नीती गुण्डागर्दीलाई  संरक्षण गर्ने खालको देखिएको छ ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी स्रोतका अनुसार यतिबेला एक बलात्कारी र हत्या आरोपी तरुण दलका सदस्यलाई छुटाउन गगन थापाले दबाब दिंदै आएका छन् । काभ्रे तरुण दलका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि संविज लामा उर्फ ‘स्याल’ ले एक युवतीलाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले कारवाही प्रक्रिया अघि बढाएपछि कांग्रेसका युवा नेता थापाले सहमतिमा केस मिलाउन दवाव दिएका हुन् ।

पीडित युवतीको उजुरीका आधारमा पक्राउ परेका लामालाई युवतीसँग सहमति गरी बलात्कारमा संलग्न लामालाई रिहा गर्न गगन थापाले दवाव दिएको कुरा प्रहरी वृतले खुलाएको छ ।

काठमाडौंको दरवारमार्गको चर्चित उडल्याण्ड होटल परिसरमा लामाले सञ्चालन गरेको नोला लाउन्ज एण्ड बारमा काम गर्ने युवतीलाई सोमबार राति ३ बजे बलात्कार गरेका थिए । घटना भएको ३ दिनपछि युवतीले बलात्कारको उजुरी महानगरीय प्रहरी बृत्त दरबारमार्गमा दर्ता गराएकी थिइन् र उजुरी पर्ने बित्तिक्कै प्रहरीले लामालाई पक्राउ गरी कानुनी कारवाही प्रक्रिया अघि बढाएको थियो । नेपाली कांग्रेस, काभ्रेका प्रभावशाली नेताका रुपमा समेत रहेका लामा पक्राउ परेपछि सो पार्टीले प्रहरीलाई रिहा गर्न चर्को दवाव दिएको बुझिएको छ ।

दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्ललाई कांग्रेस नेता थापाले पटक पटक टेलिफोन गरी रिहा गर्न दवाव दिएको प्रहरी सूत्रले जनाएको छ । प्रहरी सुत्रका अनुसार थापासहित अन्य केही नेताहरुले पनि प्रहरीको माथिल्लो तथा तल्लो निकायलाई रिहा गर्न दवाव दिइरहेका छन् भनेर दृष्टि साप्ताहिकले खुलाएर लेखेको छ ।

प्रहरी तथा सरकारले भने बलात्कारीलाई कुनै पनि हालतमा नछोड्ने दृढता व्यक्त गरेको छ । यता गगन थापाकाे निजि स्राेतले बताइए अनुसार अाफुले कसैलार्इ फाेन नगरेकाे दाबि गगन थापाले गरेका छन् । स्रेातका अनुसार कसैले गगन थापाको चरित्रहत्या गर्न खाेजेकाे हुन सक्ने बताएकाे छ ।

यसमा तपाइँको प्रतिक्रिया कस्तो छ ? तलको कमेन्ट बक्समा आफ्नो बिचार राख्नुहोला 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

गोविन्द केसीलाई नन्द्रप्रसाद बनाउने यस्तो भयानक षडयन्त्रको यसरि भयो पर्दाफास !

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

Tools