१ माघ २०७५, मंगलवार १४:२५  

१ माघ मंगलबार क्यानडानेपाल डट टिभी : अभियन्ता गणपतिलाल श्रेष्ठ का अनुसार पशुपतिनाथ लगायत विश्व सम्पदा सूचीमा परेका सम्पदाहरु नाश गर्नको लागि सरकार आफै लागि परको छ । यहि कार्यमा काठमाण्डौ मेयर बिद्या सुन्दर शाक्य कस्सिएर नै लागि परेका छन् । यसको पछिल्लो उदाहरण हो रानीपोखरी , पशुपतिनाथ , बौद्धनाथ आदि ।

गणपतिलाल श्रेष्ठ नेपालका सम्पदाहरुको संरक्षणका लागि संघर्ष गरिरहेका जुझारु युवा हुन् । गणपतिको समूहले वशन्तपुरमा मात्रै होइन, रानीपोखरी, बौद्धनाथ, पशुपतिनाथ लगायत सम्पदामा पनि भइरहेको अतिक्रमण र मौलिकता नष्ट गर्नेहरुविरुद्ध संघर्ष गरिरहेको छ ।

पशुपतिनाथको मौलिकता नष्ट पारिँदैछ – अभियन्ता श्रेष्ठको दावीअनुसार पशुपतिनाथ मन्दिरको मौलिकता नष्ट गर्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु नै लागि परेका छन् । विश्वरुप मन्दिरको जीर्णोद्वारा हुन सकेको छैन तर विकास कोषका पदाधिकारीहरुलाई सिमेन्टड सडक नबनाइ भएको छ । पशुपतिनाथको मन्दिर विश्व सम्पदा सूचीमा परेको सम्पदा हो । तर कोषका पदाधिकारीहरु त्यो सूचीबाट हटे पनि फरक नपर्ने बताउँछन् । उनीहरुको मतमा हिन्दुहरुका कारण पशुपतिनाथ प्रशिद्ध रहेको हो, विश्व सम्पदाको कारण होइन ।

पशुपति क्षेत्रमा निर्माण हुने निर्माण सामाग्रीमा चुना सुर्कीको प्रयोग गरेर परम्परागत स्वरुप दिन सुझाव दिइएको छ । पुरातत्व विभाग, वडा कार्यालयसमेतले त्यसो नगर्न पत्र काट्दा पनि पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुलाई केही फरक परेको छैन । उनीहरु जसरी पनि मौलिकता नष्ट गर्ने अभियानमै लागेका छन् ।

सम्पदा बिगार्ने काम पशुपतिनाथमा मात्रै होइन, बौद्धनाथमा पनि भएको छ । बिजुलीको झिलझिले बत्ति बाल्ने, जथाभावी प्वाल पार्ने जस्ता काम गरिएका छन् । वशन्तपुर दरबार क्षेत्रलाई प्रभाव पार्ने गरी अग्लो भवन बनाइएको छ । जसका कारण सो क्षेत्र अहिले ओझेलमा पार्ने काम गरिएको छ । यसमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि लागि परेका छन् । उनले सम्पदाको पक्षमा भन्दा व्यापारीको पक्षमा लागेका छन् । काठमाडौंका सम्पदा सिध्याउन मेयर शाक्यको पनि हात धोएर लागि परेको गणपति बताउँछन् ।

हरेक क्षेत्रको गलत ठेकेदारीको विरोध हुनेगर्छ । संघर्षका दौरान गणपतिलाई यस्तो ठेकेदार उत्पादन त सरकारी अधिकारीहरुले नै उत्पादन गरिरहेको जस्तो लाग्यो । रानीपोखरी र धरहराको दूर्भाग्य ठेकेदारीप्रथाकै कारण भएको हो । धरहराको सवालमा गणपतिको समूहले पहिलो कार्यकालमा केपी ओलीलाई धरहराको भग्नावशेष शिशामा राख्न भनेको थियो । त्यो अहिले पूरा हुने भएको छ । तर २२ तलाको धरहराबाट काठमाडौंमा हेर्ने चाहिँ के ? यो प्रश्नको जवाफ बनाउन खोज्ने सरकारसँग पनि छैन । किनभने कंक्रिटबाहेक अब काठमाडौं खाल्डोमा लायक केही छैन ।

सम्वृद्धि ल्याउने भनेर वाचा गर्ने कम्युनिस्ट सरकार आफैं पुराना सम्पदा नाश गर्नलाई लागि पर्नुलाई तपाई के भन्नुहुन्छ ? आफ्नो विचार राख्नुहोला

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिरोधका बावजूत प्रधानमन्त्रीद्वारा चोभार बन्दरगाहको शिलन्याश

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : – प्रधानमन्त्री केपी...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

यी हुन् स्विस बैंकमा पैसा थुपार्ने ५५ नेपाली !

२ माघ बुधबार क्यानडानेपाल डट टिभी / खोजपत्रकारिता / नेपाल्लिक्स :...

ओलीको साथ पश्चात चूडामणि शर्मा निर्दोष सावित हुनेमा ढुक्क ! खुल्यो यस्तो तथ्य

२ माघ बुधबार क्यानडानेपाल डट टिभी : भ्रष्टाचार आरोपित चुडामणि शर्मा...

बाबुरामले खोले वाइडबडीको पोल ! यी ठूला नेता छन् संलग्न

२ माघ बुधबार क्यानडानेपाल डट टिभी : नयाँ शक्ति नेपालका संयोजक...

ओलि र प्रचण्डलाई नै यसरी धोका दिईन लक्की शेर्पाले ! रातारात अस्ट्रेलिया टाप

२ माघ बुधबार क्यानडानेपाल डट टिभी : मानव तस्करीको गम्भीर आरोप...

विशेष

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

गोविन्द केसीलाई नन्द्रप्रसाद बनाउने यस्तो भयानक षडयन्त्रको यसरि भयो पर्दाफास !

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

सर्वाधिक पढिएको

ताजा अपडेट


Tools