५ माघ २०७५, शनिबार १२:५१  

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध आफ्नो अनसन रहेको भन्दै इलाम पुगेर अनसन बसेका डा.गोविन्द के.सीको स्वास्थ्य अवस्था जटील बन्दै गएपछि उनलाई यतिबेला हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको छ । विभिन्न सरकारका पालामा पटक पटक सरकार र केसी विच सम्झौता भएर पनि माग पूरा नभएपछी यो उनको १६ औ अनसन हो ।

तर, यसपटकको अनसन विगतका अनसन भन्दा फरक छन् । किनकि, विगतका अनसनमा गोविन्द केसीको समर्थनमा जुलुश र समर्थन देखिन्थे भने यतिखेर उनि विरुद्धका आवाजहरु उठिरहेका छन् । सामाजिक अभियन्ता भनेर कहलिएका अर्का एक युवा ‘विजय थापा’ नै डा . गोविन्द केसीको माग विपरीत अनसन बसिदिएपछि जनसमर्थन उनि तर्फ पनि तानिएको छ ।

रोचक पक्ष त के भने , जुन दिन डा. गोविन्द केसीलाई उपचारको लागि भनेर काठमाण्डौ ल्याइयो त्यहि दिन उनलाई पनि अवस्था जटील बनेको भन्दै काठमाण्डौ नै ल्याइयो । डा.केसी इलाम मै रहँदा पनि इलाममा समेत थापाको समर्थनमा जुलुश निकालिए । इलाम र झापा मात्र नभई यतिखेर देश नै दुइ धारमा लागेको छ । एउटा पक्ष गोविन्द के.सी को मागलाई जायज भन्दै छ भने अर्को पक्ष थापाको माग जायज भन्दै छ ।

प्रायजसो थापाको पक्षधर भनेका पूर्व एमाले र पूर्व माओवादी मिलेर बनेको नेकपाका समर्थकहरु बढी देखिन्छन भने गोविन्द केसीको माग यतिबेला कांग्रेस लगायत प्रतिपक्ष दलहरु र राजसंस्थाका समर्थकहरुले उचालिरहेको देखिन्छ । तटस्थ जनता पनि कोहि के.सी को पक्षमा त कोहि थापाको पक्षमा रहेको देखिन्छ ।

वास्ताविक लडाई के हो ? भनेर जनताले बुझेका छैनन् । डा. गोविन्द के.सीको अन्य मागहरु पूरा हुँदा पनि हलो अड्किएको र वास्तविक लडाई भएको विषय भने केवल एउटा छ । त्यो विषय अरु केहि नभई उनै ‘मार्सिप्रसाद’ भनेर नाम कहलिएका दुर्गा प्रसाईको झापामा रहेको मेडिकल कलेज हो ।

चिकित्सा शिक्षाको बेथिति अन्त्य गर्ने डा. गोविन्द केसीको सत्याग्रह अभियान अब मुख्यगरी एउटा बुँदामा आएर अड्किएको छ।

संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयकमा ‘एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने’ उल्लेख छ। यो प्रावधान केसीसँगको सम्झौताअनुरुप राखिएको हो।

यही बुँदा ‘आसयपत्र लिइसकेका काठमाडौंबाहिरका मेडिकल कलेजका हकमा लागू नहुने’ प्रावधान थपेर सम्झौता तोडिएको छ।

यो व्यवस्था जस्ताको तस्तै पारित भए झापाको बिएन्डसी अस्पतालले तत्काल मेडिकल कलेजको सम्बन्धन पाउने छ।

उक्त अस्पताल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग निकट सम्बन्ध राख्ने दुर्गा प्रसाईंको हो। केही समयअघि ओली र दाहालले प्रसाईंको घरमा मार्सी चामलको भात खाएको तस्बिर सार्वजनिक भएको थियो।

दाहालले प्रसाईंको अस्पताललाई सम्बन्धन दिन लबिङ गर्दै आएका थिए। उनकै जोडबलमा काठमाडौं विश्वविद्यालय (केयू) ले बिएन्डसीलाई आसयपत्र दिएको छ।

केयूबाट यसअघि ११ मेडिकल कलेजले सम्बन्धन पाएका छन्। केसीसँगको सम्झौता कार्यान्वयन गर्दा बिएन्डसीले तत्काल सम्बन्धन पाउने छैन।

दुर्गा प्रसाईको पक्षमा वातावरण बनाएर आफ्नो नूनको सोझो गर्नको लागि ओली र प्रचण्ड यतिबेला ज्यान छाडेर लागि परेका छन् । उता सामाजिक अभियन्ता भनिने बिजय थापा पनि परिचालित जस्तो देखिएको छ । किनकि , चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने उनको माग छ र यो माग पुरा हुँदा अरु कसैको नभई यतिबेला केवल दुर्गा प्रसाईलाई मात्र फाइदा हुन्छ र दुर्गा प्रसाईले मार्सिको भात खुवाएको ऋण ओली तथा प्रचण्डले तिर्ने मौका पनि पाउछन ।

विजय थापा को माग पुरा गरे डा.केसी को आमरण अनसनबाट मृत्यु हुने अनि डा.केसी को माग पुरा भए विजय थापाको आमरण अनसनका कारण मृत्यु हुने अवस्था र वातावरण श्रीजना गरीएको छ । यो अवस्था श्रीजना गरिएर अनसन बस्ने कार्य नै गलत हो भनेर प्रमाणित गर्न पनि खोजिएको छ र डा.केसीलाई बिरोध जुटाउन मसला पनि तयार गरिएको छ ।

आफ्नो नाम नखुल्ने शर्तमा ओली र प्रचण्डकै निकट व्यक्तिले भने अनुसार अहिलेको ग्रयाण्ड डिजाइन यहि नै हो । मेडिकल क्षेत्रमा कांग्रेस , नेकपा लगायत दलहरुका ठूला नेताहरुको लगानी रहेको कुरा सामान्य जनतालाई थाहै छ । तसर्थ, कुनै सरकार आएपनि गोविन्द केसी को मागलाई पूरा गर्न अग्रसर नभएका हुन् किनकि त्यो माग पुरा हुँदा आफ्ना लगानी रहेका मेडिकल क्षेत्रले जनता लूट गर्न पाउने छैन ।

हरेक पटक सत्ता पक्ष र उनका समर्थकहरुले डा. केसीलाई परिचालीत भनेर वर्णन गरेका छन् । उनलाई सत्तामा कांग्रेस भएको बेला ओलीको मान्छे अनि ओली सत्तामा भएको बेला कांग्रेसको मान्छे बनाउने विकृत मानसिकता बोकेका तल्लो स्तरका झुण्डहरुले उनका जायज मागलाई सधैं छोपिरहेका छन् । १६ औ अनसनसम्मको अवस्था आइपुग्दासम्म पनि त्यहि प्रचलन कायम नै छ ।

यस्तै अनसनकै घटना बारे चर्चा हुँदा अब एकपटक स्व.नन्दप्रसाद अधिकारिको स्मरण गरौँ । आफ्ना छोराको हत्याराहरुलाई कारवाही हुनुपर्ने भन्दै युद्धकालीन माग राखेर अनसन बसेका उनलाई आफ्नो पक्षका मानिस विरुद्ध लड्नुपर्ने कारण सत्तापक्षले मृत्युको मुखमा पुर्यायो । उनको लाश आजसम्म उठेको छैन र उनकी श्रीमती गंगामाया अधिकारि पनि अहिलेसम्म लडीरहेकी छीन न्यायको आशामा तर उनीहरुको मुद्दा यतिबेला महत्वबीहीन बनिसकेको छ । न सरकारलाई न नागरिक समाजलाई , न कुनै पत्रकारलाई नै अहिले त्यो मुद्दाको चिन्ता छ ।

यो त्यहि देश हो जहाँ दलका मान्छे तानिएलान भनेर एउटा अनसनकारीको मृत्यु होउन्जेल छाडिन्छ । यो त्यहि देश हो जहाँ अनसनका विरुद्ध अनसन बसेर नयाँ युगको थालनी गरिन्छ । यो त्यहि देश ह जहाँ दलको लाइसेन्स पाएपछि सून काण्ड , बलात्कार काण्ड देखि अनेक काण्ड सेलाएर जान्छन ।

यस्तो अवस्थामा डा.गोविन्द के.सीले न्याय पाउलान् भनेर सोच्नु अब बेक्कार देखिन्छ किनकि उनको माग पूरा हुँदा यहाँ त दलका नजिकका मान्छेलाई मात्र नभई ओली , प्रचण्ड , देउवा जस्ता वरिष्ठ नेताहरुलाई नै असर पर्छ ।

चाहेको भए डा.गोविन्द केसीले मोटो रकम लिएर मेडिकल माफियाको साथ लागेर आफ्नो जीवन सुरक्षित बनाउन सक्थे तर आमरण अनसन बसेर मुटुको धड्कन ३४ पुग्दा समेत औषधि र पानी समेत लिन नमान्ने गोविन्द केसी परिचालित हुन् भनेर शंका गर्न सकिन्न । अब कुनै बेर लाग्दैन , मुटुको चाल अनियन्त्रित भैसकेर आइ सी यु मा लड्दै गरेको शरीरको साथ कुनै पनि बेला टुट्न सक्छ ।

डा.केसी लाई पनि नन्दप्रसाद अधिकारी बनाउने गरि यो रचिएको षडयन्त्र नै हो । उनको मृत्यु भैहाले यतिबेला सबैभन्दा फाइदा ‘मार्सिप्रसाद’ भनेर कहलिएका, ‘दुर्गा प्रसाई’ लाई नै हुन्छ र सरकारलाई पनि बढार्नु पर्ने कसिंगर हावाले उडाएर लगेजस्तो हुन्छ । उता, प्रतिपक्षि कांग्रेसलाई पनि सरकार विरुद्ध राम्रो मसला मिल्छ ।

हरेक युग र हरेक सरकारका पालामा यहाँ आफ्ना मान्छे बचाउने र आफ्नो पक्षमा निर्णय पार्नको लागि सर्वोच्च अदालत देखि सूरक्षाकर्मी हरु देखि आफ्ना अरिंगाल नामक कार्यकर्ताहरु समेत प्रयोग भैरहेको देशमा डा. केसी प्रयोग नहुने कुरै भएन । उनलाई बलिको बोका बनाएर आफ्नो भोज टार्न खप्पिस प्रतिपक्ष अनि उनलाई बाटोबाट हटाएर आफ्नालाई लुटको माहोल बनाउन कस्सिएका सरकारी पक्ष दुवै नै सायद यतिबेला डा.केसी लाई नन्दप्रसाद अधिकारि बनाएर आफ्नो पक्षमा वातावरण बनाउन लागि परेको भान भएको छ ।

तपाइको आफ्नो विचार तलको कमेन्ट बक्समा राख्न सक्नुहुन्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

यी हुन् स्विस बैंकमा पैसा थुपार्ने ५५ नेपाली !

२ माघ बुधबार क्यानडानेपाल डट टिभी / खोजपत्रकारिता / नेपाल्लिक्स :...

विशेष

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

गोविन्द केसीलाई नन्द्रप्रसाद बनाउने यस्तो भयानक षडयन्त्रको यसरि भयो पर्दाफास !

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

सर्वाधिक पढिएको

ताजा अपडेट


Tools