२८ फाल्गुन २०७५, मंगलवार १२:१२  

उपराष्ट्रपति नन्दबहादुर पुनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ हेरेर प्रशंसा गरेका छन् । सोमवार काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा कडा सुरक्षाका बीच श्रीमतीसँग पुगेका उनले फिल्मको कथा र कलाकारहरुको अभिनय मन परेको बताए । फिल्म हेरिसकेपछि पत्रकारसँग कुराकानी गर्दै उनले भने- ‘एकदमै राम्रो लाग्यो फिल्म । सबै नेपालीले एकपटक छुटाउन नहुने फिल्म बनेको छ । उनले फिल्मका निर्माता तथा अभिनेता भुवन केसीलाई ‘महानायक’ र अनमोललाई ‘सुपरस्टार’ को उपाधिले पनि सम्बोधन गरे । उपराष्ट्रपति पुनले फिल्म हेरेपछि अभिनेत्री उपासना सिंह ठकुरीको मुक्तकण्ठले प्रशंसा गरे ।

उपराष्ट्रपतिसँगै फिल्म हेर्न अभिनेता शिव श्रेष्ठ, कलाकार तथा निर्माता किरण केसी, गायिका अञ्जु पन्तलगायत पनि पुगेका थिए । अभिनेता शिवले फिल्मको मेकिङको प्रशंसा गरे । उनले फिल्म ‘क्याप्टेन’ हेरेपछि आफू रोएको पनि बताए । एक मध्यम वर्गीय युवकले देशका लागि फुटबलमा गोल्ड मेडल जित्न गर्ने संघर्षको कथामा यो फिल्म आधारित छ । दीवाकर भट्टराईले निर्देशन गरेको फिल्ममा कथा सामिप्यराज तिमल्सिनाको हो । भुवन केसी निर्मित फिल्ममा सुनिल थापा, प्रशान्त ताम्रकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्म अहिले दोस्रो सातामा प्रदर्शनरत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनैपुर्णिमामा ‘हजार जुनी सम्म’

विकासराज आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनी सम्म’ को प्रदर्शन...

मानसको ‘जे पर्ला पर्ला’ मा सुजन मार्पा तामाङ्ग (भिडियो)

‘पारी त्यो डाँडामा' बोलको गीतका रचनाकार र ‘भाइरल भइदियो’ गीतका...

सन्तोष लामा र इन्दिरा जोशीको ‘चाइनाको रेल’ (भिडियो)

दोश्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको...

‘दाल भात तरकारी’मा सेफ बने हरिवंश र निरुता (फोटोफिचर)

चलचित्र ‘दाल भात तरकारी’ बैशाख १३ गतेबाट रिलिज हुने तयारीमा...

‘जानी नजानी’ को शिर्ष गीत रिलिज (भिडियो)

चैत्र १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जानी नजानी’ को...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘बुलबुल’

समीक्षात्मक हिसावले अब्बल ठहरिएको चलचित्र ‘बुलबुल’ अमेरिकामा आयोजना हुदै आएको...

विशेष

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

गोविन्द केसीलाई नन्द्रप्रसाद बनाउने यस्तो भयानक षडयन्त्रको यसरि भयो पर्दाफास !

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

सर्वाधिक पढिएको

ताजा अपडेट


Tools