राहदानी विभाग आइतबार पनि खुल्ने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ । सरकारको आर्थिक वर्ष २०८९ /८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र सहज रूपमा उपलब्ध गराउने भनिएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि विभागमा सेवाग्राहीको चाप बढेको छ । यही चापलाई मध्यनजर गर्दै विभागले आउँदो आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विभाग खुल्ने सूचना जारी गरेको छ । यो समयमा राहदानीको लागि आवेदन दिएकाहरुले विभागमा गएर राहदानी सम्बन्धी सेवा लिन सक्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्