रोमानियाको एक कम्पनीमा विभिन्न पदका लागि नेपाली कामदारको माग

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं– रोमानियाको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि ११ जना पुरुष र ९ जना महिला गरी जम्मा २० जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । कामदारले खान बस्नेतसहित तलब ६५ हजार माथिदेखि ७७ हजार बढि पाउनेछ । इच्छुक कामदारले मेनपावर रिक्यूटमेन्ट नेपाल प्रालिको कार्यालय पानीपोखरी काठमाडौंमा जेठ २७ अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्