स्वामी रामतीर्थका केही अमर वाणीहरु

शुक्रबार, मंसिर ९, २०७९
१. त्यागले हिमालको घनाघोर जंगलमा जाने आदेश दिँदैन । कपडा फुकाल्ने आग्रह गर्दैन, नाङ्गै खुट्टा नाङ्गै टाउको हिँड्ने पनि आग्रह गर्दैन । २. महमा टाँसिएको झिँगाले जसरी विस्तारै तर दृढतापूर्वक आफ्ना गोडालाई महबाट मुक्त गर्दछ, त्यसरी नै मानिसले नाम–रुप जन्य आसक्तिको एक एक अंशबाट आफूलाई टाढा राख्नुपर्दछ । ३. एक–एक गर्दै हामीले आफ्ना सम्बन्धहरु काट्नुपर्दछ । बन्धनलाई त्यहाँसम्म तोड्नुपर्नेछ कि जब अन्तिम अनुग्रहका रुपमा मृत्यु सामुन्ने आओस् तब हामी सबै अनिच्छित पदार्थ त्यागेर विजयी बनौँ । ४. व्यावहारिक त्यागको अर्थ हो हामी हरक्षण श्रुष्टिको खोक्रोपन तथा आफ्नो वास्तविक आत्माको व्यापकतालाई आफ्नो दृष्टिका सामु राखौँ र यस प्रकार चिन्ता, भय र आतुरता तथा मनका व्याधिलाई त्यागेर टाढा मिल्काऔँ । ५. भारत वर्षमा प्राय: प्रत्येक नगर र पर्वतमा ढुङ्गा वा पशुको कल्पित मूर्ति बनाएर प्रतिष्ठा गरिन्छ । के अब त्यो समय आएन कि समस्त मातृभूमिलाई देवी रुप सम्झियोस् र उसका स–साना प्रतिमाले हामीमा सम्पूर्ण भारतवर्षको भक्ति भरिदेओस् । ६. तिमीमा अरुको दोषमात्र देख्ने बानी जबसम्म छ, तबसम्म तिम्रो लागि ईश्वर साक्षात्कार गर्नु कठिन छ । साभार: ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्