यसरी झुमे नारी पुरुष मेचीमहाकाली सांस्कृतिक मञ्चको तीजमा (फोटो फिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– मेचीमहाकाली सांस्कृतिक मञ्चले त्रिभुवन विश्वविद्यालयमा रहेको शिव मन्दिरमा तीज कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विशेष गरी पश्चिम क्षेत्र, त्यो पनि गुल्मीमा बढी प्रचलित मौलिक भाका गाइएको थियो । विशेष गरी तीज महिलाको भए पनि मञ्चको कार्यक्रममा पुरुषहरु पनि छमछमी नाचेका थिए । सोमबार राति दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । नेपाली नारीले यो पर्व विशेष रुपमा मनाउँछन् ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार