खप्तड बाबाका केही अमर वाणीहरु

शुक्रबार, मंसिर ९, २०७९
१. सिद्धिको सबभन्दा पहिलो सिँढी यस जगतका विषयहरुबाट दृढतापूर्वक पछि हट्नु र अन्तर्मुख हुनु हो । २. योगसाधनामा सबभन्दा ठूलो विघ्न सन्देह वा संशय हो । ३. जुन कोठामा ध्यान अभ्यास गरिन्छ, त्यसको वायुमण्डल शक्तिद्वारा भरिन्छ र त्यसलाई अरु काममा लाउनाले त्यहाँको मायुमण्डल दूषित हुन्छ । ४. योगीले कुनै प्रकारको नियम ग्रहण गर्नु हुँदैन, किनभने त्यो विघ्न रुप भइहाल्छ । ५. वीर्यलाई नै ब्रह्मतेज भन्दछन् । योगाभ्यास गर्ने मानिसले यत्नपूर्वक वीर्यको रक्षा गर्नुपर्छ । वीर्य एक दिव्य तेज हो । जसको सङ्ग्रह गर्दा वेदज्ञान र आत्म साक्षात्कार हुन्छ, अन्यथा कहिल्यै हुँदैन । ओजस् स्वरुप वीर्यको उत्पत्तिको मुख्य स्थान नाभिचत्र हो । ६. गुह्यदेशको मुलााधरचक्र पृथ्वीतत्वको स्थान हो, लिङ्गमूलको स्वाधिष्ठानचक्र जलतत्वको स्थान हो । नाभिमूलको मणिपूरचक्र अग्नितत्वको स्थान हो । हृदेशको अनाहतचक्र वायुतत्वको स्थान हो र कण्ठदेशको विशुद्धचक्र आकाशतत्वको स्थान हो । योगीगण यिनै पाँचचक्रहरुमा पृथ्वी आदिको क्रमले पञ्चमहाभूतहरुको ध्यान गर्दछन् । साभार: ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार