जापान र बेलायत कामदार पठाउन मापदण्ड तयार

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– जापानमा र बेलायत सरकारी स्तरबाट कामदार पठाउन आवश्यक पर्ने मापदण्ड (प्रोटोकल) तयार पारिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती दुई देशमा नेपाली कामदार पठाउन आवश्यक पर्ने मापदण्ड तयार गरेको हो । उक्त मापदण्ड मन्त्रिपरिषदले पारित गरेसँगै कार्यान्वयनमा जाने मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए । मन्त्रालयले जी टु जी मार्फत बेलायत पठाउने नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकलको मस्यौदा तयार गरेको हो । यो मस्यौदा मन्त्रिपरिषदले पारित गरेसँगै प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । पहिलो चरणमा करिब २०० जना नर्सहरूलाई​ बेलायतमा पठाइनेछ । त्यसका लागि चुनावपछि मात्रै प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ । जनवरी २०२३ बाट बेलायतमा पठाइने नर्सका लागि आवेदन माग गर्नेगरी कार्यतालिका बनेको थियो । उक्त मापदण्डले तोक्ने व्यवस्था अनुरूप योग्य ठहरिएका नर्सहरू रोजगारीका लागि बेलायत जान पाउनेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्