एक सेकेण्डमा १९ पटक ताली बजाएर विश्व रेकर्ड

शुक्रबार, मंसिर ९, २०७९

एजेन्सी - कसैको कुरा चित्त बुझेमा वा कुनै कुराको उल्लासमा हामी तालि बजाउँछौ । ताली भावना प्रकट गर्ने एक माध्यम पनि हो । तर तपाईलाई कसैले एक मिनेटसम्म तालि बजाउन भन्यो भने तपाईं कति पटकसम्म ताली बजाउन सक्नुहुन्छ ? औसतमा ५० देखि बढिमा १ सय पटकसम्म । तर एक युवाले भने हालैमा १ मिनेटमै १ हजार पटक भन्दा बढि ताली बजाएर विश्व किर्तीमान कायम गरेका छन् ।

१ मिनेटमा १ हजार पटकभन्दा बढि ताली बजाउने यी युवकको नाम डैल्टन मेयर हो । २० वर्षीय मेयरले १ मिनटमा सबैभन्दा धेरै ताली बजाउने रेडर्क बनाएकी एली विसपको रेकर्ड तोडेका छन् । मेयरले १ मिनेटमा १ हजार १ सय ४० पटक ताली बजाएर विश्व रेकर्ड बनाएका छन् । अर्थात उनले १ सेकेण्डमा औसत १९ पटक ताली बजाएका छन् ।

गिनीज बुक अफ वल्र्ड रेकर्डको आधिकारिक यूट्यूब च्यानलमा मेयरले ताली बजाएको भिडियो अपलोड गरेर यसबारे जानकारी दिइएको छ । अमेरिका निवासी मेयरले रेकर्ड तोड्नुभन्दा अगाडी यो विश्व रेकर्ड एली बिशपको नाममा थियो ।

 
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्