ब्ल्याक बोर्डमा बनेको यो सुन्दर चित्रले बनायो धेरैलाई मोहित (भिडियो सहित)

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - बाल्यकालमा धेरैले ब्ल्याक बोर्डमा पढ्नु भएको होला । स्कुलमा ब्ल्याक बोर्डमा शिक्षकले लेखेर पढाउने गरीन्छ । ब्ल्याक बोर्डमा पाठ्यक्रममा केहि चित्र बनाएर शिक्षकले त्यसलाई अर्थाएर पनि पढाउने गर्दछन् । तर ब्ल्याक बोर्डमा बनाएका चित्र पेटिंग जस्तो आर्कषक हुदैँन । तर हालैमा सामाजिक सञ्जालमा ब्ल्याक बोर्डमा चित्र बनाएको एउटा भिडियो भाइरल बनेको छ ।

भाइरल बनेको भिडियोमा एक किशोरीले पेटिंग जस्तै चकले ब्ल्याक बोर्डमा चित्र बनाउँछिन् । यो चित्र यति आर्कषक देखिन्छ कि यदि भिडियो नहरेरी बनेको चित्र मात्र हेर्ने हो भने कसैले यसलाई चकले बनाएको होला पत्याउन पनि ग्राहो हुन्छ । तर भिडियो हेर्दा चकले कति सुन्दर तरिकाले ति किशोरीले ब्ल्याक बोर्डमा चित्र बनाएकि छिन् भन्ने थाहा हुन्छ ।

https://twitter.com/i/status/1588306050394066946 चकको माध्यमले ब्ल्याक बोर्डमा बनेको यस चित्रमा देखिएको छाँयाले चित्रलाई सुन्दर बनाउँछ । ति किशोरीले यसलाई यति सुन्दर ढंगले बनाउँछिन् जसले हर कोहिलाई मोहित पार्दछ । चित्रमा छाता ओढेकी एक महिलाको अगाडी नेपथ्यमा एक पुरुष देखिन्छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्