मेचीनगरमा विश्वप्रकाशलाई पच्छ्याउँदा

शुक्रबार, मंसिर ९, २०७९

मेचीनगर - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू घरदैलो कार्यक्रममा छन् । झापाको क्षेत्र नं. १ मा पनि नेताहरू जनताको घरदैलोमा व्यस्त छन् । सत्तारुढ गठबन्धनबाट झापा क्षेत्र नं. १ को उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र नेकपा एमालेका उम्मेदवार अग्नि खरेलबिच मुख्य प्रतिस्पर्धा देखिएको छ ।   शनिवार मेची नगरका केही वडाहरूमा विश्व प्रकाशलाई पच्छ्याउँदै हिँडियो । विश्व प्रकाश आफ्नो क्षेत्रका प्राय सबै घरमा छिरिरहेको पाइन्छ । स्थानीयले आआफ्नो घरमा पार्टीको झन्डा र चुनाव चिन्ह राखेका छन् । गठबन्धनको चुनाव चिन्ह राखेको घरमा विश्व प्रकाश जानु स्वाभाविक हो तर उनले एमालेको चुनाव चिन्ह रहेको घरमा समेत प्रवेश गरेर आफूलाई मत माथि रहेका छन् । स्थानीयको समस्याहरू सुन्नुभन्दा पनि उनी सरसरती हिँडेर नमस्कार गर्थे, सँगै बस्थे, तस्बिर खिचाउँथे र आफू उम्मेदवार रहेको भन्दै मत माग्न अनुरोध गर्थे । केही थान कार्यकर्तासँग हिँडेका उनी कार्यकर्ताले नै भेट्न नसक्ने गरी हिँडिरहेका हुन्थे । घर दैलोमा हिँडेका कार्यकर्ता पनि मान्छे सानो भए पनि हिँडाई बबाल रहेको बताइरहेका थिए । केही ठाउँमा स्थानीयलाई लालपुर्जाको समस्या रहेछ । सबै भन्दा ठुलो समस्या हात्तीले दिने दुःख हो । अरू विकासका पूर्वाधारहरूलाई पनि स्थानीयले आआफ्नो घर अगाडि आएको समस्याका बारेमा बोली रहेका थिए । विश्वप्रकाश आफ्नो पार्टीको नेटवर्कबाट नै स्थानीयको समस्यालाई बुझेको र सरकारमा गएपछि चाडै समस्या समाधान गर्ने प्रतिबद्धता र बाचा गर्दै थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्