Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्वाधिक उचाइमा नृत्य गरेर गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने तयारी

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ— शेर्पा समुदायकै पहिलो नायिका छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जेडी तमुले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् । उनीहरुले ‘सर्वाधिक उचाईमा जोडी नृत्य गर्ने जोडी’ का रुपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका हुन् । उनीहरुले शिर्षकमा रेकर्ड कायम गरेर नाम लेखाउने तयारी गरेको बारेमा सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । छिरिङ शेर्पा चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको विजेता हुन् । उनले चर्चित कलाकार तथा कोरियोग्राफर कोरियोग्राफर सरोज प्रजासँग मिलेर जीत हासिल गरेका थिए । शेर्पा समुदायकी पहिलो नायिका छिरिङ शेर्पाको पुरा नाम छिरिङ डोमा शेर्पा हो । शेर्पा फिल्म्स संघ नेपालकी अध्यक्ष समेत रहेकी छिरिङ, मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजक पनि हुन् । शेर्पा भाषाको चलचित्र, म्युजिक भिडियो तथा अन्य विभिन्न साँस्कृतिक कलाहरुमा चर्चा कमाएकी छिरिङले नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । मिस ईण्डीजिनियस हेरिटेज नेपाल २०१६ जितेकी छिरिङले मिस टिनेजर ईन्टरनेशनल नेपाल २०१५ मा मिस ट्यालेन्टको उपाधी पनि जितेकी थिईन् । आईडियल ईङ्ग्लीस सेकेण्डरी स्कुलबाट मार्केटिङ एडभरटाईजिङ बिजनेश स्टडिज अध्ययन गरेकी छिरिङले बज्र ईन्टरनेशनल कलेजमा औपचारिक रुपमा नृत्य सिकेकी छिन् । पद्मकन्या क्याम्पसमा बिए अध्ययन गरेकी छिरिङले बिजनेश म्यानेजमेन्ट र फेसन डिजाईनिङ पनि अध्ययन गरेकी छिन् । उनी गौतम बुद्ध फिल्म प्रालीका निर्देशक पनि हुन् । जेडी तमु पनि डान्सिङ स्टार्स नेपालका फाईनालिष्ट हुन् । उनले नायिका तथा मोडल परमिता रानासँग मिलेर सेकेण्ड रनर अप भएका थिए । जेडी चर्चित डान्सर तथा कोरियोग्राफर हुन् । उनको पुरा नाम जगदिश गुरुङ हो । इलाम निवासी जेडी नृत्य क्षेत्रमा चर्चित छन् । उनले नायिका तथा मोडल परमिता रानासँग मिलेर सेकेण्ड रनर अप भएका थिए । जेडी चर्चित डान्सर तथा कोरियोग्राफर हुन् । उनको पुरा नाम जगदिश गुरुङ हो । ईलाम निवासी जेडी नृत्य क्षेत्रमा चर्चित छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्