Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैतडीमा निर्वाचन सामग्री ढुवानी सुरु

शुक्रबार, मंसिर ९, २०७९
बैतडी–प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी बुधबारदेखि सुरु भएको छ । बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा आवश्यक पर्ने सामग्री ढुवानीको काम सुरु भएको हो । निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४३६ जनालाई तालिम दिइएको र त्यसपछि निर्वाचन सामग्री हस्तान्तरण गरी उनीहरूलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ । जिल्ला निर्वाचन अधिकारी फुँयालले भने,‘१ मङ्सिर साँझसम्म मतदानस्थलमा निर्वाचन सामग्री पुगिसक्छ ।’ बैतडीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी जिल्लामा एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिएको छ । निर्वाचनमा परिचालन हुने अन्य जनशक्तिलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखीकरण गर्ने जनाइएको छ । बैतडीमा १२९ मतदानस्थलमा २१० मतदान केन्द्र रहेका छन् । यसका साथै एउटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । प्रतिनिधिसभाका लागि १ मात्र क्षेत्र रहेको बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेका छन् । यहाँ ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रदेशसभाका र्२ सिटका लागि पनि ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२८
प्रतिक्रिया दिनुहोस्