९० वर्षीया वृद्धाद्वारा मतदान

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी ९० वर्षीया जगतमाया न्यौपानेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मतदान गरेकी छन्। उनले सोही वडाको ठूलोटारस्थित उदय माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट आज मतदान गरेकी हुन्। 

 

घरदेखि पाँच सय मिटर दूरीमा अवस्थित न्यौपाने परिवारको साथमा मतदान केन्द्र पुगेका थिए। मतदान गरेपछि न्यौपानेले जनताले आफ्ना जनप्रतिनिधि चयनका लागि मतदान गर्नुपर्ने बताइन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्