बजारमा देखेका सामान किनिहाल्न मन लाग्ने सपिङको लत यसरी हटाउनुस्

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - कतिपय पुरुष र अधिकांश महिलामा सपिङको शौख हुन्छ । यस्ता स्वभावका व्यक्तिहरु बजार जानासाथ देखिएका सबै आर्कषक वस्तु किन्न खोज्छन् । केहि मानिसमा त सपिङको लत नै हुन्छ । जो अनावश्यक रुपमा धन खर्च गर्दै सपिङमा समय र ऊर्जा खर्च गर्छन् । यदि तपाईमा पनि सपिङको यस्तै लत छ भने यो लत छुटाउने केहि टिप्सहरु दिदैँछौ ।

खर्चको हिसाबकिताब
सपिङको लत छुटाउने सबैभन्दा उत्तम विकल्प भनेको आफूले गदरीरहेको खर्चको हिसाब किताब गर्नु नै हो । आफुले सपिङमा गरीरहेको खर्चको हिसाबकिताब गरेमा कति धन नाश भइरहेको छ भनेर जान्न पाइन्छ । जसले केहि हदसम्म सपिङ लत हटाउन मद्दत गर्दछ ।

देखासेकी नगर्ने
सपिङ गर्ने लत लाग्नुमा अरुको नक्कल गर्ने बानी प्रमुख कारण हुने गर्दछ । तर अरुको घरमा देखेको सामान किन्ने बानी बसाइयो भने पछि पछि यो खराब बानी लत बन्न पुग्छ ।

आवश्यकता बुझ्ने
सपिङ गर्दा आफुले किन्न लागेको वस्तु आफ्नो आवश्यकता हो होइन पहिले त्यो बुझ्नु पर्दछ । आवश्यकता बाहिरको सामान सस्तो भेटेमा पनि किन्ने बानी छाड्नु पर्दछ ।

प्रयोगमा कमी
सपिङको लत छुटाउन घरमै भएका सामाग्रीको अधिकतम प्रयोग गर्नुपर्दछ । आवश्यकता भन्दा बढि मात्रामा कुनै वस्तुको प्रयोग गर्दा त्यो चाडैं सकिन्छ र पूनः त्यसको आवश्यकता हुन पुग्दछ । त्यसैले कुनै पनि वस्तुको प्रयोग गर्दा चाहिने भन्दा धेरै गर्नु हुदैँन ।
 
सकिएपछि मात्र किन्ने
विशेषगरी कुनै सामाग्री पुरा नसकि अर्काे किन्ने बानीले सपिङको लत लाग्छ । जसले घरमा बाँकि भएका सामान अर्काे किनिहाल्छन् उनीहरुले नयाँ सामान आएपछि बाँकि बचेको सामान फ्याक्न सक्छन् । त्यसैले कुनै पनि वस्तुको प्रयोग हुन्जेलसम्म प्रयोग गर्नु पर्दछ ।

मन भुलाउन बजार नडुल्ने
केहि मानिस फ्रेस हुने भन्दै मन भुलाउन बजार डुल्छन् । तर फ्रेस हुन बजार जाँदा यो नै कालान्तरमा सपिङको लत लाग्ने कारण बनिदिन्छ । त्यसैले बरु घरमै बसेर पुस्तक पढ्ने, पार्क घुम्ने, आफन्तकोमा जाने वा घरमै मन भुलाउने प्रयाश गर्नु पर्दछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१५
प्रतिक्रिया दिनुहोस्