कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेका निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । 

प्रधानमन्त्री देउवा उम्मेदवार बनेका डडेल्धुरा र एमाले अध्यक्ष ओली उम्मेदवार बनेका झापा क्षेत्र नम्बर ५ को मतगणना भर्खरै सुरु भएको हो ।

यी दुवै ठाउँको प्रारम्भिक मत परिणाम आउन बाँकी छ । 


यसअघि प्रकाशित समाचारको स्रचना स्रोत गलत भएकाले सच्चाएको छ– सम्पादक

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२२
प्रतिक्रिया दिनुहोस्