काठमाडाैँ ७ मा एमालेले उल्टायाे अग्रता

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ – काठमाडौँ ७ मा एमालेले अग्रता लिएको छ । एमालेका श्याम घिमिरेले ३ सय ७५ मत प्राप्त गर्दै घण्टीले लिएको अग्रता उल्टाएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३ सय ४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छिन् । मानुषीले २ सय ९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १ सय ७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १ सय १ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आइतबार सम्पन्न भएको हो । केही स्थानमा बाहेक निर्वाचन शान्तिपूर्ण सम्पन्नन भएको आयोगले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०७:४६
प्रतिक्रिया दिनुहोस्