विज्ञापनको लागी
news.canadanepal@gmail.com
९८५१०६७८९५ LOGIN TO CANADA NEPAL Contact Us
२१ मंसिर २०७९,बुधबार
समाचार

सदर र बदर मतको विषयमा विवाद हुँदा भक्तपुर २ मा मतगणना रोकियो

९ मंसिर २०७९,शुक्रबार
सदर र बदर मतको विषयमा विवाद हुँदा भक्तपुर २ मा  मतगणना रोकियो

काठमाडौँ– भक्तपुर क्षेत्र नं २ मा सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएकोमा निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

४ मंसिरमा भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।

प्रारम्भिक मत गणनामा कांग्रेसका थापाले अग्रता लिएका छन् । थापाले २ हजार २३० मत पाउँदा एमाले उम्मेदवार महेश बस्नेतले १ हजार ६३२ र राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

प्रकाशित मिति: ९ मंसिर २०७९,शुक्रबार
Please Login to Comment!!