उपत्यकामा एमालेले खाेल्याे खाता, ललितपुर २ बाट महर्जन विजयी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – ललितपुर क्षेत्र नं. २ मा नेकपा एमालेले खाता खोलेको छ ।

 

एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १९ हजार ८ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकट्म प्रतिद्वन्दी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४  सय ४० मत ल्याएका छन् । 

 

सत्ता गठबन्धनबाट कृष्णलाल महर्जनले ९ हजार ५ सय ३९ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १ सय ३६ र राप्रपाका रघुवरराज थापाले ७ हजार ७ सय ९९ मत प्राप्त गरेका छन् । 

२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट एमालेकै कृष्णलाल महर्जन विजयी भएका थिए । एमालेबाट छुटीएर बनेको नेकपा एकीकृत समाजवादीको तर्फबाट सत्ता गठबन्धनको साथ पाएपनि महर्जनले अहिले जित्न सकेका छैनन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्