गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको  मृत्युु

बिहीबार, मंसिर ८, २०७९


गुल्मी— गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४०नम्बरको जीप  कुढडाँडामा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेल जानकारी दिए । 

दुर्घटनामा सत्यवती गाउँपालिका–३ का झलक सोमै (सवारी चालक ) , ५५ वर्षीया टिका राहादी,४७ वर्षीय रनबहादुर सिंजापती,२५ वर्षीय मिलन तरामु ,४३ वर्षीया जमुना सोमैको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेल जानकारी दिए ।
घाइते ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।  घाइते हुनेमा सत्यवती ३ का बर्ष  ३२ का चेतमान सिन्जाली ,  बर्षका ४९ गिर बहादुर राहादी , बर्ष  १७का  खण्डन समाइ , बर्ष ३३ कार्वलिन्क समाइ रहेका छन् । 

जीप रातिको समयमा सडक सागुरो रफसेर निकाल्ने क्रम ब्रेक फेल भएर सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थलमा पुगिसकेको छ र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्