Nic Ad Nic Ad
Nic Ad Nic Ad

के राप्रपाले राष्ट्रिय पार्टीको दर्जा पाउला ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – आम निर्वाचनको मतगणना जारी छ । समानुपातिक र प्रत्यक्ष गरी दुवै तर्फको मत गणना भइरहेको छ । प्रत्यक्ष तर्फ अहिलेसम्म नेपाली काँग्रेसले लिड गरिरहेको छ भने दोस्रो पार्टीमा एमालेले आफूलाई उभ्याइरहेको छ । 


प्रत्यक्ष तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रले आफूलाई तेस्रो पार्टी बनाउने गरी सङ्घर्ष गरिरहेका छन् । प्रत्यक्ष तर्फ रास्वपाले ४ सिट जितेको छ र ४ सिटमा अग्रता छ । तर, माओवादी केन्द्र भने धेरै सिटमा अग्रता छ । 


उनीहरूको समानुपातिक मतले कसलाई कसरी सहयोग गर्छ र तेस्रो पार्टी बन्न सहयोग गर्छ त्यो हेर्न बाँकी छ । तर, अहिले सबैलाई कौतुहलता भएको पार्टी हो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । अहिलेसम्म राप्रपाका धवलशम्शेर राणा विजयी भएका छन्। अध्यक्ष लिङ्देन पनि झापा क्षेत्र नं. ३ मा जित्ने लाइनमै देखिन्छन् । 


उसो त जुम्लाबाट राप्रपाकै ज्ञानेन्द्र बहादुर कार्की पनि जित्ने लाइनमा छन् । प्रत्यक्ष तर्फ राप्रपाले जति सिट जिते पनि नेपालको कानून अनुसार राष्ट्रिय पार्टी हुन ३ प्रतिशत मत समानुपातिकमा ल्याउनु पर्ने हुन्छ । ३ प्रतिशतको थ्रेसहोल्ड नकटाएमा कुनै पनि पार्टी राष्ट्रिय पार्टी बन्दैनन् । अहिले राप्रपाले समानुपातिक तर्फ पाइरहेको मतलाई हेर्दा राष्ट्रिय पार्टीको तयारीमा रहेको अनुमान लगाउन सकिन्छ ।

 
२०७४ सालको निर्वाचनमा राजेन्द्र लिङ्देनले प्रत्यक्षबाट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको थिएन । पार्टीमा समानुपातिक मत ३ प्रतिशत नआएका कारण राप्रपा र नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कानुनले रोक्यो । 


तर, राप्रपाको नेतृत्व परिवर्तन भएपछि सुदृढ हुँदै गएको देख्न सकिन्छ । देशभरबाट १ सय ४० बढी क्षेत्रबाट उम्मेदवारी दिएको राप्रपाले यो समाचार तयार पार्दासम्म समानुपातिकमा गणना भएको मध्ये ६ प्रतिशत मत प्राप्त गरेको छ । हुन त हालसम्म ९ लाख  मत मात्र गणना भएको निर्वाचन आयोगले जनाएको छ । 


आयोगका अनुसार अझै पनि ९० लाख समानुपातिक तर्फको मतगणना हुन बाँकी छ । अहिले राष्ट्रिय दलको मान्यता पाउनका लागि २ लाख ४० हजार बढी मत ल्याउनु पर्ने हुन्छ । निर्वाचन आयोगका अनुसार राप्रपाले अहिलेसम्म ६४ हजार  २ सय ९७ मत ल्याएको छ । यसले थ्रेसहोल्ड कटाउनका लागि अझै २ लाम मत ल्याउनु पर्ने देखिन्छ ।


गणतान्त्रिक देशमा राजसंस्थाको वकालत गरिरहेको पार्टीले अहिलेको ट्रण्ड हेर्दा राम्रो उपस्थिति जनाउने देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१४
प्रतिक्रिया दिनुहोस्