कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ बिजयी

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ–कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् ।

 

उनले कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ बिजयी भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनमले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्