दाङ–१ को प्रदेशसभा १ माओवादीका इन्द्रजित थारु निर्वाचित

शुक्रबार, मंसिर ९, २०७९

दाङ – दाङमा नेकपा माओवादीका इन्द्रजित थारु प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।

दाङ १ (१) बाट माओवादी केन्द्रका थारु १ हजार ७ सय ७५ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

थारुले १३ हजार ५ सय ५ मत प्राप्त गरे भने नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरे। थारु लुम्बिनी प्रदेश स्वास्थ मन्त्री हुन्।

यसअघि नेकपा एमालेसँग तालमेल गरेर चुनाव जितेका थारु यसपालि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका थिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:३६
प्रतिक्रिया दिनुहोस्