सर्लाही–२ मा मतगणना अन्तिम चरणमा, महेन्द्र यादव अगाडि
सर्लाही–सर्लाही –२ को प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका उम्मेदवार महिन्द्र राय यादवले मतान्तर बढाएका छन् ।
रायले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोसँग झन्डै २ हजार मतले महेन्द्र राय अग्रता कायम गरेका हुन् । माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट उम्मेदवारी दिएका रायले २० हजार ७ सय ३८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार महतोले १८ हजार ७ सय ९३ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म सर्लाही–को प्रतिनिधि सभातर्फ ६६ हजार २ सय ३० मत मतगणना भइसकेको छ । अब करिब ८ हजार ५०० भन्दा बढी मत मात्र गन्न बाँकी रहेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ ०७:२२
प्रतिक्रिया दिनुहोस्