झलनाथ खनाललाई हार स्वीकार्न एमालेको सुझाव
काठमाडौँ– नेकपा एकीकृत समाजबादी तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनाललाई हार स्वीकार्न एमालेले सुझाव छ । नेकपा एमालेका कतिपय नेताहरु आफ्नो हार स्वीकार गर्न खनाललाई आग्रह गरिरहेका छन् ।
खनालले मतगणनामा धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।तर, एमालेले त्यसको विरोध गरेको हो ।
इलाम क्षेत्र नम्त्रर १ मा अहिले मतगणना जारी छ र खनाल एमालेका महेश बस्नेतसँग फराकिलो मतान्तरले पछि परेका छन् । उनलाई हार स्वीकार्न पनि सामाजिक सञ्जालमा रोस व्यक्त गरिएको छ । ‘यतिबेला इलाममा दोहोरी चलिरहेछ । इलाम क्षेत्रः १ मा बल्लतल्ल मतगणना शुरु भएको र मतगणना सकिन नपाउदै अंकको आधारमा जित परजित समेत प्रष्ट भैरहदा झलनाथ खनालले आफ्नो हार स्विकार्नुको बिकल्प पुन मतदानको माग राखेको समाचारले देशै भरिएको छ ।
मतगणना साथै मतदानमै त्रुटि र षडयन्त्रभएको आरोप लगाएका झलनाथलाई उनकै प्रतिस्पर्धी महेस बस्नेतका पार्टीका केन्द्रीय सदस्यले खण्डण गरेको छ ।’ सामाजिक संजालमा युवासंघका केन्द्रीय सदस्य निरोज पौडेलले फेशबुक मार्फत आफ्नो धारणा ब्यक्त गर्दै यसो भनेका छन ।
इलाम क्षेत्र नः१मा मंसिर ४ गते भएको संघ र प्रदेशको मतदान शान्तीपुर्ण रुपमा सम्पन्न भएको थियो। क्षेत्र न १ मा ५९,९०६ खसेको मत मध्ये आज ७ दिनमा करिब ४०,००० चालिस हजार मतगणना गरिसकेको छौ, महेस बस्नेत अधिअधि र झलनाथ खनाल पछिपछि छन् ।
उनले चुनाव नै धाधँली भयो भनेर नभन्न र हार स्वीकार्न आग्रह गरेका छन् । ‘ झलनाथ खनाल २,४४१ मतले पछि परेपछि मिडियातिर चुनाब नै धाधॅंली भयो भनेर भन्नु भएछ । यदि चुनाबको दिन कंही कतै कुनै घटना भएको थियो भने त्यती नै खेर भन्नु पर्दथ्यो।तर त्यसो भएन अहिले आएर मिडियाबाजी गर्दा बचेकुचेको इज्जत पनि जाने निश्चत छ ।
सरकार उसैका, कर्मचारी उसैका, सारा स्रोत, साधन र शक्त्ती पनि उसैका कसले धाधॅंली गरेका होलान् ? ईलामका जनता झलनाथले बिकास नगरेको र पार्टी फुटाएको बिषयमा रिसाएर भोट नदिएको अबस्थामा यतिखेर बोल्नु भनेको हार स्वीकार गर्न नसक्नु हो।लोकतन्त्रमा हार र जीत दुबै सुन्दर पक्ष हुन । जनताले दिएको मतको कदर गर्नु पर्छ। अपमान गर्नु भएन।’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।