तपाईंप्रतिको आकर्षण

मंगलबार, मंसिर १३, २०७९

काठमाडौँ । हामी आफूतर्फ ती वस्तुलाई आकर्षित गर्दैनौँ जुन हामी चाहन्छौँ । हामी ती वस्तुलाई आकर्षित गर्छाैं, जुन हामीजस्तै हुन्छन् । पुरानो भनाइ छ ‘उही प्वाँखवाला चराहरु, झुन्ड बनाउँछन्’ । वास्तवमै सत्य हो ।

नकारात्मक सोच भएकाहरु खतरनाक हुन्छन् । उनीहरुले नकारात्मक सोचकै अरु मान्छेलाई आफूतिर आकर्षित गर्छन् । नकारात्मक ढङ्गकै प्रतिक्रियाहरु देखाउँछन् । तिनीहरु खराबै परिणामको आशमा हुन्छन् र कहिल्यै निराश पनि हुँदैनन् ।

तपाईंले के यतातिर ध्यान पु¥याउनुभएको छ ? सफलखाले मान्छेले समाजका अरु सफल मान्छेहरुलाई नै आफूतिर आकर्षित पारिराखेको हुन्छ । सभासमारोहतिर पन यसप्रकारको आकर्षण र समर्थनका प्रतिक्रिया तत्कालै देखिन्छ । त्यस्तै असफल मान्छेले असफल मान्छेहरुलाई नै आकर्षित गरिराख्छन् । तिनीहरु आफ्ना जमघटमा केवल घटिया वातचित, गुनासो र निन्दाचर्चाकै वातावरण बनाइराख्छन् ।

हाम्रा साथीसँगाती पनि हामीले चाहेजस्ता मान्छेहरु हुँदैनन् । ती पनि हामीजस्तै हाम्रो प्रकृति र स्वभावसँग मिल्दाजुल्दा भएर नै हामीप्रति आकर्षित हुन्छन् ।

साभारः ‘तपाईंको जित’ पुस्तकबाट

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०३:०१
प्रतिक्रिया दिनुहोस्