Nic Ad Nic Ad
Nic Ad Nic Ad

सप्तरीबाट ८ जना नयाँ सांसद

मंगलबार, मंसिर १३, २०७९

सप्तरी - सप्तरीका मतदाताले यसपटक अधिकांश नयाँ उम्मेदवारलाई निर्वाचित गराएका छन् । ४ प्रतिनिसभा र आड प्रदेशसभा रहेको जिल्लामा १२ मध्ये ८ जना नयाँ उम्मेदवार निर्वाचित भएका छन् । 

सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि पहिलो पटकमै सांसद् बने । राउतले ३५ हजार ४२ मत ल्याउँदा गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मतमात्र ल्याए । 

सप्तरी निर्वाचन क्षेत्र नं.३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेशकुमार यादव चौथो पटकको प्रयासमा संसद् भवनको टिकट पाएको छ । यसअघि तीनपटक पराजय भोगिसक्नुभएका यादवले नेकपा (एमाले)का ताराकान्त चौधरीलाई पराजित गरे। 

सप्तरी १ (१) बाट एमाले केन्द्रीय सदस्य राजकुमार लेखी प्रदेशसभा सदस्य बनेको छ भने सप्तरी १ (२) बाट सकिल मियाँ प्रदेशसभा सदस्य बनेका छन् । मियाँ पहिलोपटक संसदीय चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार हुन् । उनी जिल्ला विकास समिति सप्तरीको सदस्य रहिसकेका छन् ।

निर्वाचित हुने नयाँ अनुहारमा सप्तरी–२ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह पनि हुन्। उनी तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन्। गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवार यहाँ पराजित भएपछि लोसपा परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बनेको हो । 

सप्तरी–२ (२)बाट जनमत पार्टीका निर्वाचित महेशप्रसाद यादव पनि नयाँ अनुहार हुन्। उनी यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्यमा उम्मेदवार हुन्। 

सप्तरी ३ (२) बाट विजयी जनमत पार्टीकै शम्भुकुमार साह पनि राजनीतिमा नयाँ हुन्। साथै, सप्तरी–४ (२) सदस्यमा पहिलो पटक निर्वाचित स्वतन्त्र उम्मेवार अनिरुद्धकुमार सिंहले ९ हजार ९ सय ८५ मत प्राप्त गरे। 

यसरी ८ जना नयाँ अनुहार संसद्मा भित्रिँदा जसपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र बहुजन शक्ति पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री विश्वेन्द्र पासवानको संसद् भवन जाने बाटो बन्द भएको छ। 

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्वमन्त्री हेमराज तातेड, उमेशकुमार यादव, अनिस अन्सारी, संविधानसभा सदस्य ताराकान्त चौधरी, अशोकुमार मण्डल, निवर्तमान प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव र अभिषेक यादव दोहोरिएर संसद् बन्न सकेनन् ।

प्रदेशसभा सदस्यमा एक(एक स्थानमा जित हासिल गरेका कांग्रेस र नेकपा (समाजवादी केन्द्र)का प्रदेशसभा सदस्यबाहेक सबै नयाँ अनुहार हुन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०६:२७
प्रतिक्रिया दिनुहोस्