Nic Ad Nic Ad
Nic Ad Nic Ad

विवाह नगरी राजेश पायल राइको छोरा जन्मिएपछि‍...

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ । नेपाली गीत संगीतका राजा अर्थात् राइ इस किङ्ग गायक राजेश पायल राइको चर्चा यतिबेला बजार निकै बढेको छ। सबैको ढुकढुकी तथा नेपाली गायन क्षेत्रमा चर्चित अनि सफल गायकको रुपमा चिनिने राइ इस किङ्गको यो बेला अरुबेला झैँ अझ बढी चर्चा फैलिएको छ।  हरेक व्यक्तिको मनमा आफ्नो सुमधुर आवाजले मोहित पर्दै बस्न सफल गायकको प्राय सधै विवाहको चर्चा हुने गर्दथियो भने अहिले यो चिन्ता कम भएको छ। 


अविवाहित भनेर चिनिने र आफुलाई प्राय अविवाहित भनेरै चिनाउने गायक राइले दुनियालाई नै चकित हुने खबर सामाजिक संजाल मार्फत दिएका छन्। केहि समय अघि सामाजिक संजालमा राजेश पायल राइलाइ ट्याग गर्दै एक युवतीले पारिवारिक तस्बिर सार्वजनिक गर्दै धेरैलाइ लागिसकेको थियो की गायक विवाहित हुन् र उनको विवाह पश्यात सन्तान पनि भएको भन्ने।  


अहिले त्यहि खुल्दुली गायक राइ आफैले मेटाईदिएको छ।  लिभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट राजेशलाई पुत्रलाभ भएको हो। सङबुङले सामाजिक संजाल देखि टिकटकमा समेत राजेशपायल र छोराको भिडियो तथा तस्वीर सार्वजनिक गर्दै आएकी थिइन् । छोराको फोटो सामाजिक संजालमा सेयर गरेका छन् जहा केहि महिना अघि जन्मेको छोराको पास्नीको भनेर लेखिएको छ।  


गायक राईको पहिलो सन्तानको रुपमा छोरा भएको छ भने उनको उनको छोराको नाम हो सायारेम रहेको छ। गायक राजेशपायलले बुधबार बेलुका छोराको पास्नीको तस्वीर सार्वजनिक गरेका छन् । उनी लेख्छन्, ‘पहिलो भात खुवाइ यानेकी पास्नी। दिदी राइसासँग सायारेम। सायारेमलाई ‘सानो राजेश’ भन्दै प्रशंसकले बधाई दिइरहेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्