जान्नुहोस् मन्त्र जपको प्रकार र नियमहरू

शुक्रबार, मंसिर १६, २०७९

काठमाडाैँ – धार्मिक मान्यता अनुसार देवताको आराधना वा मन्त्र जप गर्दा केही नियमको पालना गर्नुपर्ने हुन्छ । यदि ती नियमको पालना गर्दै मन्त्रको जप गरेमा घरमा सुख शान्ति आउने साथै श्रद्धालुको स्वास्थ्य पनि राम्रो हुने मान्यता छ । यसका लागी कुन मन्त्र कसरी जप गर्ने र यो मन्त्रको प्रकार के हो ? भनेर बुझ्न पनि आवश्यक हुन्छ ।

यी हुन् मन्त्र जपका प्रकार :

– वाचिक जप
वाणी अर्थात् वचनद्वारा स–स्वर गरिने मन्त्र उच्चारण गर्नुलाई वाचिक जप भनिन्छ । यसमा ध्वनि निकालेर देवीदेवताको मन्त्र उच्चारण गरिन्छ । 

– उपांशु जप
आफ्ना इष्ट देवताको ध्यानमा मन एकत्रित गरी बोली र ओठलाई केही कम्पन मात्र गरेर गर्ने जपलाई उपांशु जप भनिन्छ । यो मन्त्र जप केवल व्यक्ति स्वयम्ले मात्र सुन्न सक्छ । 

– मानसिक जप
सुशासन वा पद्मासनमा बसेर ध्यान मुद्रामा अन्तर्मनले गरिने जपलाई मानसिक जप भनिन्छ । यसमा मानसिकताबाट मात्र मन्त्रको जप हुन्छ । 

यी हुन् मन्त्र जपको नियम


– मन्त्र जप गर्दा मेरुदण्ड हमेसा सीधा राख्नुपर्छ ।

– मन्त्र जप गर्दा फिक्का रङ्गको कपडा पहिरिएर मात्र गर्नु उचित हुन्छ ।

– मन्त्र जप गर्दा शरीर शुद्ध हुन आवश्यक छ । त्यसैले नुहाएर आसन ग्रहण गरेर मात्र मन्त्र जप गर्नु पर्दछ ।

– मन्त्र जप बिहान पूर्व र साँझमा पश्चिम दिशातर्फ मुख फर्काएर गर्नुपर्छ ।

– मन्त्र जप गर्दा कुशको आसनमा बसेर गर्नुपर्दछ । यसो गर्दा शरीरमा सकारात्मक ऊर्जा उत्पन्न हुने मान्यता छ ।

– साधारण मन्त्र जपमा तुलसीको माला प्रयोग गर्नुपर्छ । कार्य सिद्ध कामनाका लागी मन्त्र जप गर्दा चन्दन वा रुद्राक्षको माला र शिव साधना गर्दा रुद्राक्षको माला अनिवार्य छ ।

– मन्त्र जप गर्ने उचित समय ब्रह्म मुहूर्त उठेर नुहाइपछिको समय मानिन्छ । 

– जुन देवताको मन्त्र जप गरिन्छ उक्त समयमा ती देवताको छवि ध्यानमा राख्नु पर्दछ ।

– मन्त्र शक्तिको अनुभवका लागी न्यूनतम एक मालाको नित्य जप गर्नुपर्दछ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०१:३६
प्रतिक्रिया दिनुहोस्