भुलेर पनि गर्नु हुँदैन बिहान उठ्ने बित्तिकै यी काम

आइतबार, मंसिर १८, २०७९


काठमाडाैँ – मानिसको दिनको सुरुवात जसरी भयो बाँकी दिन त्यसरी नै बित्ने मान्यता छ । त्यसैले मानिसले हरेक दिनको सुरुवातमा राम्रो काम गर्नुपर्ने मान्यता छ । अन्यथा दिनको सुरुवात गलत भएमा दिनभर अनावश्यक तनाव आइलाग्ने मान्यता छ ।

केही मान्यता, विश्वास र शास्त्रका अनुसार दिनको सुरुवात कसरी गर्ने भन्ने बारे जानकारी गराइएको छ । यसको पालना नगरेमा दुःख पाइने दिन बिग्रने मान्यता छ । यस्तोमा दिनको सुरुवात गर्दा के के गर्न हुँदैन त ?

– बिहान उठेर कसैसँग झुटो वाचा वा प्रतिबद्धता गरे दिन नराम्रो हुने मान्यता छ ।

– शास्त्र अनुसार बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुँदैन ।

– बिहान उठ्ने बित्तिकै कसैको चित्त दुखाएमा दिन नकारात्मक हुने मान्यता छ ।

– बिहान उठेर कसैलाई पनि बाँदर वा बाँदर जस्तो भनेर गाली गर्नु हुँदैन ।

– घरमा जुठो राखेर बाहिर जाने वा कोठा फोहोर राख्नु हुँदैन ।

– पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुँदैन ।

– खानालाई नमिठो भन्दै फ्याँक्ने, वा थुक्ने गर्नु हुँदैन ।

– दिनको कुनै पनि समयमा साना बालबालिका तथा आमाबुवालाई चर्को स्वरमा हकार्नु हुँदैन । अन्यथा यसले दिन मात्र नभएर जीवन नै तनावमय बन्ने मान्यता छ ।

बिहान उठेर के गर्ने ?


– बिहान उठेर सबैभन्दा पहिले आफ्नो इस्ट देवताको ध्यान गर्नुपर्दछ । 

– ध्यानको क्रममा आफ्नो हत्केला हेर्दै भगवानको नाम लिने वा ध्यान गर्नु पर्दछ ।

– दिन शुभ बनाउन खाना खानु अघि किसानलाई धन्यवाद दिनुपर्छ ।

– आफूले भोजन गर्नुअघि भगवान्, पशु वा गरिबलाई दान गर्नु पर्दछ ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्