बागलुङका विद्यालयमा इन्टरनेट विस्तार

आइतबार, मंसिर १८, २०७९

ढोरपाटन–बागलुङको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ ।


अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा ३ वटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा–  ५ को शान्ति माध्यमिक विद्यालय र वडा –१ को जनजागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ ।


धन गौ ज्योति र जनजागृति माविमा गत वर्ष र शान्ति माविमा २ वर्ष अगाडि इन्टरनेट जडान भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । गाउँपालिकाले यसै वर्ष वडा नं २ को जनज्योति आधारभूत विद्यालयमा पनि इन्टरनेट विस्तार गरेको छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार पालिकाले विद्यालयमा इन्टरनेट विस्तार गरेको हो । रासस

 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्