‘चि मुसी चि’को प्रदर्शन पुस २२ मा हुने

सोमबार, मंसिर १९, २०७९

काठमाडौं–आगामी पुष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पुष १५ गते रिलिज हुने भनिएको सिनेमा एक हप्ता पोस्टपोन्ड भएको जानकारी निर्माण टिमले दिएको हो ।


अहिलेको अवस्थामा दुई राम्रो नेपाली सिनेमा एकै मितिमा जुधाउनु भन्दा एक हप्तापछि शोलो रिलिज गर्नु उपयुक्त लागेको निर्माता अरुण चक्रावर्तीले बताए । ‘हामी बलिउड र हलिउड सिनेमासँग भागेर नेपाली सिनेमा एकआपसमा जुधाउने परम्परालाई तोड्ने हेतुले ‘चि मुसी चि’ रिलिज गर्न लागेको हौं’, निर्माता चक्रवर्तीले भने ।


एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमामा प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई समावेश गरिएको छ । मोसन पोस्टरको पाश्र्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गर्ने देखिन्छ ।  


सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ । सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । सिनेमा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने छन् । सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्तीले लगानी गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्