आफूभित्र भएका विशेषता चिन्नेले नै जित हासिल गर्न सक्छ

मंगलबार, मंसिर २०, २०७९

काठमाडौँ । के हामी सबैमा सफलताका लागि आवश्यक पर्ने विशेषताहरु हुन्छन् ? कतिपय मान्छेहरुलाई त्यस्ता विशेषता आफूमा छैनन् भन्ने पनि लाग्छ । उनीहरु समान्यस्तरका भइरहन्छन् र असफल हुन्छन् । वास्तविकता भने यही चाहिँ होइन । यसै अध्यायमा चर्चा गरिएका दसैवटा विशेषताहरु हामी सबैमा हुन्छन् । हामीले चाहेकै स्तरमा विकसित नभएका अवश्य हुनसक्छन् । 


यी सबै प्रकारका विशेषता भने हामीभित्रै छन् । आफूमा निहीत विशेषता यिनका खास क्षमताका बारेमा हामी अनभिज्ञ भइरहेका हुनसक्छौ । बुझ्ने कोसिस ग¥यौँ भने यसले हाम्रो कार्यक्षमतामा ठूलै परिवर्तन ल्याइदिन्छ ।


यो अनभिज्ञता हाम्रो आफ्नै घरपछाडिको गाडधनजस्तो हो । करोडौँ करोड सम्पत्तिको गाग्रो माटोमा गडेर बसेको छ; थाहा नहुनाले प्रयोगमा आउँदैन । गाडधन थाहा होस् त हाम्रो सोच र व्यवहारमा एकाएक परिवर्तन आइहाल्छ । हामी सबैमा लुकेको धन छ । तिनीहरुलाई चिन्ने सतहमा ल्याउने र भरपुर प्रयोग गर्ने यी चाहिँ हामीले गर्नुपर्छ ।

साभारः ‘तपाईंको जित’ पुस्तकबाट

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्