सामाजिक समावेशीकरण दर्शाउने ‘वाल पेन्टीङ’ (तस्बिरहरु)

मंगलबार, मंसिर २०, २०७९

काठमाडौँ– अमेरिकन दूतावासले आयोजना गरेको सामाजिक समावेशी करण दर्शाउने भित्तेचित्रकला (वाल पेन्टीङ) गरिएको छ । नयाँ बानेश्वरको संसद भवन क्षेत्रको भित्तामा पेन्टीङ गरिएको हो ।

आर्ट टुडे फाउन्डेसनले खुल्ला प्रतिस्पर्धाबाट ४ जना चित्रकारलाई चित्रकला पेन्टीङ गराउने काम दिएको छ । 

विभिन्न ठाउँबाट भएको १० वटा चित्रकारलाई छनोट गरेर ४ जनालाई जिम्मेवारी दिइएको हो । सिन्धुली जनकपुर, भक्तपुर र काठमाडौँबाट चित्रकार छनोट भएका छन् । अमेरिकाबाट आएका चित्रकारले समेत भित्तेचित्रकला पेन्टीङमा सहयोग गरिरहेका छन् । 

 

 

परम्परा र एकतालाई दर्शाउनका लागि महिलाको पनि महत्वपूर्ण भूमिका रहन्छ भन्ने हेतुले आफूले महिलाको चित्र कोरेको  मनिषा शाहले बताइन् । उनी जनकपुरबाट भित्तेचित्रकलाको लागि आएकी हुन् । 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्