कति छ आज डलरको भाउ ?

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ । आज अमेरिकी डलरको भाउ १३२ रूपैयाँ ४९ पैसा रहेको छ। नेपाल राष्ट्र बैँकले आज (बुधबार)का लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार डलरको खरिद दर १३१ रूपैयाँ ८९ पैसा र बिक्री दर १३२ रूपैयाँ ४९ पैसा रहेको छ।

त्यस्तै बैंकले युरो एकको खरिद दर १३८ रूपैयाँ ४४ पैसा र बिक्री दर १३९ रूपैयाँ ०७ पैसा मा गर्ने गरि तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६२ पैसा र बिक्री दर १६१ रूपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्