परिजिता बाँस्तोला टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम ८ बाट आउट

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ । अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम ८ बाट नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला बाहिरिएकी छिन्।​ बाँस्तोलाले गत सोमबार डिसेम्बर ५  का दिन सशक्त  प्रस्तुति गरे पनि उनी सेमिफाइनलबाट आउट भएकी हुन् । 


आज भएको घोषणामा ८ जना मध्ये ४ जना बाहिरिएका थिए । बाहिरिएका सबैलाई एक चोटी गीत गाउने मौका दिइएको थियो। ४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो। त्यस मध्ये सबैभन्दा ज्यादा मत ल्याउँदै एक जनालाई ५ औँ स्थानमा अवसर दिँदै अन्तिम ५ मा प्रतिस्पर्धामा सहभागी हुने मौका दिएको थियो ।


परिजिता ४ भित्र नपरे पछि उनले बेजोड प्रस्तुति गरेता पनि उनी फाइनलमा प्रवेश गर्न असफल भइन् । उनको यात्रा यही टुंगिएको छ। तर उनी मतमा हारेता पनि मनमा विजयी हासिल गरेकी छिन्। उनले सबैको मन जित्न सफल भएकी छिन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्