ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्यमा सुधार

बुधबार, मंसिर २१, २०७९

एजेन्सी । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । ८२ वर्षीय ब्राजिलका महान् फुटबलर गत मंगलबार अस्पताल भर्ना भएका थिए। 


किमोथेरापीले प्रतिक्रिया दिन छाडेपछि उनलाई ‘इन्ड अफ लाइफ केयर’ सुरु गर्न लागिएको थियो । सन् २०२०१ को सेप्टेम्बरमा ट्युमरको अपरेसन गरेपछि तीन पटकका विश्वकप विजेताको नियमित उपचार भइरहेको छ।


‘बिरामीको अवस्थामा सकारात्मक सुधार भइरहेको छ, विशेष गरेर श्वासप्रश्वासको सङ्क्रमणमा,’ उनका डाक्टरहरूले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘उनी स्टान्डर्ड रुममा रहेका छन् । उनको अवस्था स्थिर रहेको छ भने उनी होसमा रहेका छन् र नयाँ जटिलताहरू देखिएका छैनन् ।’

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्