आईसीसी क्रिकेट विश्वकप लिग : नेपालले नामिबियासँग खेल्दै

बुधबार, मंसिर २१, २०७९

काठमाडौं । नामिबिया भ्रमणमा रहेको नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएपछि आज घरेलु टोली नामिबियासँग खेल्दैछ।


घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा छन्। नेपालले कम्तीमा तीन खेल जित्ने लक्ष्य राखे पनि त्यो अब पूरा नहुने भएको छ । तर उत्कृष्ट प्रदर्शन गर्दै बाँकी दुई खेल जित्न सकेमा नेपालको नामिबिया भ्रमण सुखद हुनेछ ।


नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु जनाइएको छ ।

नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ । नामिबिया २९ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्