नेपालको पहिलो ‘फ्लाइओभर’ निर्माण ग्वार्कोमा शुक्रबारदेखि सुरू

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ । ललितपुर महानगरपालिका अन्तर्गत ग्वार्कोमा नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) को निर्माण सुरु हुने भएको छ । आगामी शुक्रबारबाट उक्त काम सुरु गर्ने सडक विभागले जनाएको छ ।


१४ महिनामा निर्माण सम्पन्न हुने गरि लक्ष्य लिइएको उक्त फ्लाइओभर निर्माण ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजनको ड्रिम प्रोजेक्ट हो । उनले पहिलो पटक मेयर भएदेखि नै महानगरभित्र यस्तो खाले योजना निर्माण गर्ने बताउँदै आएका थिए । महर्जन दोस्रो कार्यकालको लागि पनि मेयरमा निर्वाचित भएका छन् । 


आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरू गर्ने सडक विभागले जनाएको छ । फ्लाइओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने यो योजना ६ मिटर उचाइको हुने छ । चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ। 


कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दाँयातर्फ र ११० मिटर बाँयातर्फ र्‍याम्प निर्माण गरिनेछ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्