चिसो बढेपछि सीमा प्रहरी चौकी सदरमुकाम सारियो

बुधबार, मंसिर २१, २०७९

हुम्ला–चिसो बढेपछि हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारिएका छन् ।
चिसो बढेपछि यी दुुवै ठाउँमा मानिसको आउजाउ कम  भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा र सुनखानीका सीमा प्रहरी चौकीबाट प्रहरीको टोली फिर्ता ल्याइएको छ । दुवै प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ थिए ।

हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएका कारण दुुवै प्रहरी चौकीबाट प्रहरीलाई फिर्ता बोलाइएको हो । हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत रहेका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्