पटक-पटक नियम उल्लघंन गर्नेको लाइसेन्स खारेज गर्न सिफारिस
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी नियम उल्लंघन गरेका २६ ओटा लाइसेन्स निलम्बन गर्न विभागमा पठाएको छ ।
ट्राफिक प्रहरीले २६ वटा सवारी चालक अनुमती पत्र (लाइसेन्स) निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवन पठाएको जनाएको छ ।
पटकपटक नियम उल्लंघन गर्नेहरूको लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको हो। ती मध्ये एक जनाले ३८ पटक सम्म नियम उल्लंघन गरेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९ ०८:३१
प्रतिक्रिया दिनुहोस्