Nic Ad Nic Ad
Nic Ad Nic Ad

राणालाई रोक्न सर्वोच्चमा आज पनि बारको धर्ना

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौँ । नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना जारी राख्ने भएका छन् । संघीय संसदका महासचिवले महाअभियोग लागेर निलम्बनमा परेको प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको महाअभियोग निष्क्रिय पारेपछि उनलाई रोक्न बारले धर्ना सुरु गरेको हो । 

राणाको राजीनामा माग्दै गत वर्ष कात्तिक दोस्रो सातादेखि आन्दोलित बारले फागुन १ मा उनीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि १०९ औं दिनमा आन्दोलन रोकेको थियो । संसदले आफ्नो महाअभियोग निष्क्रिय भएको पत्र दिएसँगै राणा अदालतमा हाजिर हुन जाने तयारी गरिरहेको छ ।  

तर बार, पूर्वन्यायाधिश, राजनीति दललगायतले संसदको उक्त पत्र अबैधानिक र गैर कानुनी रहेको बताएको छ । 

राणाविरुद्ध महाभियोग दर्ता, प्रतिनिधिसभामा छलफल, त्यसपछि महाभियोग समितिबाट पारित र प्रतिवेदनलाई नयाँ प्रतिनिधिसभामा पेस गर्न सभामुखले दिएको तोकादेशलाई निष्क्रिय पार्ने गरी संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बुधबार राणालाई पत्र थमाएर नियमित कामकारबाहीका लागि अदालत फर्कने बाटो खोलिदिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार