Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपप्रमुखमा पराजित वीणा बनिन् समानुपातिक सांसद

आइतबार, मंसिर २५, २०७९

वीरगन्ज–गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको उपप्रमुखमा पराजित वीणा जयसवाल प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट चयन भएकी छिन् ।


राप्रपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका ७ जना सांसदको नाममा जयसवालको नाम पनि रहेको छ । वीरगन्ज महानगरपालिका –२४ की जयसवाल गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा राप्रपाकै तर्फबाट वीरगन्ज महानगरको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन् । निर्वाचनमा जयसवाल ५ हजार ९८८ मत ल्याउँदै तेश्रो स्थानमा सिमित भएकी थिइन् ।


राप्रपाले प्रतिनिधिसभातर्फ जयसवालसँगै पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा र अनिषा नेपालीको नाम आयोगमा पठाएको छ । 


केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुङगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङदेनलाई दिइएको थियो ।


राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश –१ मा ४, मधेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद् छानेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्