Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोमको क्याफेमा गोली चल्दा इटालीका प्रधानमन्त्रीका साथीसहित तीन महिलाको मृत्यु

सोमबार, मंसिर २६, २०७९

रोम—इटालीको रोमस्थित एक क्याफेमा अन्धाधुन्ध गोली चल्दा तीन महिलाको मृत्यु भएको छ । तीमध्ये एक इटालीका नयाँ प्रधानमन्त्री जर्जिया मेलोनीकी साथी हुन्। गोली लागेर चार जना घाइते भएका छन् ।

samridhi jewllers

रोमका मेयर रोबर्टो गाल्टेरीले गोलीबारीलाई ‘गम्भीर हिंसात्मक कार्य’ भनेका छन्। उनले सोमबार बस्ने आकस्मिक बैठकमा सहभागी हुने बताए ।

यस मामिलामा ५७ वर्षीय संदिग्धलाई हिरासतमा राखिएको छ ।

इटालीको ‘ला रिपब्लिका’ अखबारको रिपोर्ट अनुसार लुसियाना सिओर्बा रोमको फिदेनेमा रहेको यो क्याफेमा थिइन् ।

बन्दुकधारी आइतबार बारभित्र पसेको उनले पत्रिकालाई बताए। गोली चलाउनुअघि उनले ‘म तिमी सबैलाई मारिदिन्छु’ भन्दै कराए । केही बेरमा मानिसहरूले उनलाई समाते।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले गोलीकाण्डमा परेकी निकोलेटा गोलिसानोलाई आफ्नी साथी भएको बताएकी छन् । मारिएका अन्य दुई महिलाको नाम एलिसाबेटा सिलेन्जी र सबिना स्पारान्डियो रहेको छ ।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले निकोलेटासँगको पुरानो तस्बिर सेयर गरेकी छन्


इटालीका प्रधानमन्त्रीले के भने ?

फेसबुक पोस्टमा मेलोनीले आफ्नी साथीको बारेमा लेखिन्, ‘निकोलेटा एक सुरक्षात्मक आमा, एक सच्चा र समझदार साथी, एक बलियो महिला थिइन्।

उनले थप लेखेका छन्, ‘सबैभन्दा ठूलो उनी एक उत्कृष्ट व्यावसायिक महिला थिइन्, उनी मेरो साथी थिइन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्