Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप फुटबल: पहिलो हाफमा मोरोक्कोविरुद्ध क्रोएसियालाई २–१ काे अग्रता

शनिबार, पुस २, २०७९

काठमाडौं-कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्कोबीचको खेलमा पहिलो हाफमा क्रोएसियाले अग्रता लिएको छ ।

 

शनिबार (आज) खालिफा स्टेडिएममा जारी खेलको पहिलो हाफमा मोरोक्कोविरुद्ध क्रोएसियाले २–१ को अग्रता लिएको हो । 

 

क्रोएसियाको तर्फबाट जोस्को ग्भरडियोलले खेलको सातौँ मिनेटमा गोल गरेका हुन् ।  क्रोएसियाले गोल गरेको दुई मिनेटभित्रै मोरोक्कोका तर्फबाट एस्राफ दारीले गोल फर्काएर खेललाई बराबरी बनाए । खेलको ४२ औँ मिनेटमा मिसलभ ओर्सिकले गोल गरेर  क्रोएसियालाई पहिलो हाफमा  २–१ को अग्रता दिलाए ।

 

क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २–० ले पराजित भएको थियो ।

 

यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्