राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा भट्टराई चयन
गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन्। शनिबार लोक दोहोरी प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा भट्टराई चयन भएकि हुन्।
आगमी २ बर्षको लागि अध्यक्ष शिलु भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ। समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्धितिय श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी, सह–सचिव अनिल खत्री, कोषाध्यक्ष, लोकेन्द्र कुवँर, सह–कोषाध्यक्ष कमल कंडेल चयन भएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए।
कार्यक्रमको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजीले उद्वघाटन गरेका थिए। अधिवेशनको अबसरमा राष्ट्रिय कलाकार पुस्कल शर्मा, नारायण बिपि परियार, गणेश अधिकारी, उज्वल गिरि, रितु थापा, लालुमाया लगायतका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
सातौं जिल्ला अधिवेशनको अबसरमा प्रतिस्ठान गुल्मीले उत्कृट कार्याकाल अन्तर्गत स्रष्टा सम्मानबाट पुर्वअध्यक्ष जनक पन्थ, उत्कृष्ट लोक पत्रकारिता पुरस्कारबाट अनिल खत्री, कलाकार लालुमाया कुँवरलाई पुरस्कृत गरेको थियो।